बिहे हुन लागेकी प्रेमिका भेट्न महिलाको भेष धारण

बिहे हुन लागेकी प्रेमिका भेट्न महिलाको भेष धारण

भारतमा एक जना युवाले आफ्नी प्रेमिकालाई उनको विवाह स्थलमा गएर भेट्न महिलाको भेष धारण गरेका छन् । उनी विवाहित महिलालेझैँ सारी, चुरा,पोतेमा सजिएर घुम्टोले मुख छोपी प्रेमिकाको विवाह स्थलमा पुगेका हुन् ।

तर उनको उक्त चाल प्रेमिकाको परिवारको अगाडि धेरैबेर टिक्न सकेन । उनलाई प्रेमिकाका परिवारले चिने र सबैको अगाडि असली रुप देखाइदिए । उनले बारम्बार आफू महिला नै भएको अड्डी कसेका थिए ।

विवाहित महिला भएकाले मुख देखाउन नमानेपछि बेहुलीको परिवारले पुलिसलाई खबर गर्ने चेतावनीसहित उनको मोबाइल फोन खोसिदिएका थिए । त्यसपछि उनले पुलिसलाई खबर नगरिदिन अनुरोध गर्दै बल्लतल्ल आफ्नो वास्तविकता खोलेका हुन् ।

सबैभन्दा रमाइलो त त्यतिबेला भयो जतिबेला पुलिसको जिम्मा लगाउन भन्दै उनलाई विवाह स्थलबाट बाहिर निकालियो त्यहि बेला एउटा साथीको मोटरसाइकलमा बसेर सुईंकुच्चा ठोके ।

https://www.facebook.com/News18India/posts/10158616367757773

टिप्पणीहरू