आज को-को सर्वोच्च गएनन्,क-कसले वारेस पठाए ?

आज को-को सर्वोच्च गएनन्,क-कसले वारेस पठाए ?

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको प्रतिनिधिसभा विघटन र मध्यावधि चुनावविरुद्ध १ सय ४६ जना सांसदले आज सर्वोच्च अदालतमा रिट निवेदन हालेका छन् ।

त्यसमध्ये एमालेका २३ जना सांसदले पनि सर्वोच्चको ढोका ढक्ढकाएका हुन् । शुक्रबार राष्ट्रपति कार्यालयमा बुझाइएको हस्ताक्षरमा २६ जनाले हस्ताक्षर गरेका थिए । सरकार बन्न १३६ मत भए पुग्ने स्थिति छ ।

तर आज पवित्रा निरौला (झापा),गणेश पहाडी (सिन्धुली) र गोकर्ण बिष्ट (गुल्मी) ले रिट हालेनन् । आजै अदालतमा हालिएको १ सय ४६ जनाको रिटमध्ये १ सय ३९ जना सनाखतको निम्ति सशरिर उपस्थित थिए । ७ जनाले वारेसनामा पठाएका हुन् ।

एमाले वरिष्ठ नेता जेएन खनाल र माओवादीका राम कार्कीले वारेसनामार्फत रिट दायर गर्नुुभएको हो । खनाल स्वास्थ्यमा खराबीको कारण हाल घरमै आराम गरिरहनुभएको छ भने कार्की झापामा हुनुहुन्छ ।

टिप्पणीहरू