युएइ जाने कामदारको प्रहरी रिपोर्ट प्रमाणिकरण गर्ने जिम्मा २ ट्राभललाई

युएइ जाने कामदारको प्रहरी रिपोर्ट प्रमाणिकरण गर्ने जिम्मा २ ट्राभललाई

वैदेशिक रोजगारीका लागि युएइ जाने कामदारहरुको प्रहरी रिपोर्ट प्रमाणिकरणका लागि नेपालका २ वटा ट्राभलले अनुमति पाएका छन्। नेपालस्थित युएइ दुतावासले याक्का ट्राभल एण्ड टुर्स र सिटी एक्सप्रेस ट्राभललाई कामदारहरुको प्रहरी रिपोर्ट प्रमाणिकरण गर्नका लागि अनुमति दिएको हो ।

अब प्रहरी रिपोर्ट प्रमाणिकरणका लागि कामदार लाजिम्पाटस्थित युएइ दुतावासमा धाइरहनु पर्देन्। यूएई सरकारले गत फेब्रुअरी ४ देखि नयाँ नियम लागू गर्दै वैदेशिक रोजगारीका लागि यूएई जाने कामदारले अनिवार्य रुपमा प्रहरी रिपोर्ट पेस गर्नुपर्ने नियम सुरु गरेको छ ।

दैनिक ५ सयभन्दा बढी कामदारको प्रमाणिकरण मात्र हुने दूतावासमा २ हजारबढीको लाइन हुन थालेपछि समस्या भएको थियो।
दूतावासले ४३ सय रुपैयाँ लिएर कामदारको पुलिस रिपोर्ट प्रमाणिकरण गर्दै आइरहेको छ।

अब यसमा १ सय १३ रुपैयाँ अतिरिक्त शुल्क लाग्ने भएको छ। याक्का ट्राभल एण्ड टुर्स र सिटी एक्सप्रेस ट्राभल म्यानपावर व्यवसायीकै हुन् ।

म्यानपावर व्यवसायीले संचालन गरेको ट्राभलले थप १ सय १३ रुपैयाँ लिएर प्रमाणिकरण गर्ने जिम्मा लिएपछि त्यसको आलोचना समेत भइरहेको छ।

वैदेशिक रोजगार व्यवसायी सङ्घले कामदारसँग दूतावासले प्रमाणीकरणको नाममा आर्थिक भार पारेको भन्दै विरोध गर्दै आइरहेको छ ।

टिप्पणीहरू