एमालेका विद्यार्थीबीच हानाहान

एमालेका विद्यार्थीबीच हानाहान

सत्तारुढ एमालेको दुई खेमामा बाँडिएका विद्यार्थी समूहबीच हानाहान भएको छ ।

हिजो पोखराको पृथ्वीनारायण क्याम्पसमा वरिष्ठ नेता माधव नेपाल र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समर्थक अखिल विद्यार्थीहरुबीच रणसंग्राम मच्चिएको बताइन्छ ।

तर, विद्यार्थी स्रोतका अनुसार बीएस्सी सीएसआईटीका विद्यार्थीहरुले केही माग राखेपछि त्यसको विरुद्ध अर्को पक्षका विद्यार्थी क्याम्पस प्रशासनको आडमा रड र हेलमेट प्रयोग गरेर हिंसामा उत्रिएका हुन् ।

भीडन्त निकै बेर भए पनि घाइतेबारे केही बताइएको छैन ।

टिप्पणीहरू