अस्पतालहरुमा राजधानीभित्रै बेड अभाव,ग्याँस पनि लुकाइए

अस्पतालहरुमा राजधानीभित्रै बेड अभाव,ग्याँस पनि लुकाइए

कोरोना संक्रमण बढ्दै जाँदा अस्पतालहरुमा बेड अभाव हुन थालेको छ । कोरोनाका गम्भीर बिरामीहरुको संख्यामा बृध्दि हुँदा अस्पतालमा बेड अभाव भैरहेका बेला सशस्त्र प्रहरीको नेपाल एपीएफ अस्पतालमा १०५ जना कोरोनाका बिरामी भर्ना भएका छन् ।

सशस्त्र प्रहरी स्रोतले दिएको जानकारीअनुसार,अहिले अस्पतालमा संक्रमण पुष्टि भएका ७२ जना र शंकास्पद देखिएका १६ जना गरी जनरल वार्डमा मात्रै ८८ जना उपचाररत छन् । त्यस्तै सिकिस्त बिरामी १७ जनालाई आइसीयुमा राखेर उपचार भैरहेको छ ।

अस्पतालमा अहिलेसम्म २५ सय ३९ कोरोनाका बिरामीले उपचार पाएको बताइएको छ । जसमध्ये २१ सय ६४ संक्रमित र ३७५ शंकास्पद बिरामीको उपचार भएको हो । अस्पतालबाट हालसम्म २३ सय ६४ जना निको भएर डिस्चार्ज भएका छन् । एपीएफ अस्पतालमा उपचार गराउन गएका ६४ जना संक्रमित र ६ जना शंकास्पद गरी ७० जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालमा आज मात्र ४३ जनाको स्वाब परीक्षण गरिएको छ । योसहित अहिलेसम्म १३ हजार १९९ जनाको स्वाव परीक्षण गरिएको बताइएको छ । अस्पतालमा अहिले ७ जना बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार भैरहेको जनाइएको छ ।

अस्पतालमा अहिले भर्ना भएका अधिकांश बिरामीलाई श्वासप्रश्वासमा समस्या,ज्वरो, खोकी,घाँटी दुख्ने,रुघा लाग्ने,गन्ध थाहा नपाउने,टाउको दुख्ने,थकाइ लाग्ने जस्ता लक्षण देखिएको अस्पताल स्रोतले जनाएको छ ।
यसवीच काठमाण्डौका ब्यापारीहरुले ज्ञास र अक्सिजन लुकाउन थालेको खबर छ ।

टिप्पणीहरू