केपी ओली खेलाडी नम्बर एक-माधवकुमार नेपाल

केपी ओली खेलाडी नम्बर एक-माधवकुमार नेपाल

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओली ज्ञानेन्द्रका नयाँ अवतार भएको बताउनुभएको छ ।

केपी ओलीकै गृहजिल्ला झापाको बिर्तामोडमा नेकपा एमालेको जिल्ला कमिटी घोषणा गर्न आयोजित कार्यक्रममा उहाँले भन्नुभयो,जसरी ज्ञानेन्द्रले मलाई र गिरिजाप्रसादलाई अलग अलग बोलाएर झगडा लगाउँथे आज ओलीले त्यसैगरी म र बामदेवलाई झगडा लगाउन खोजेका छन् ।

नेपालले ओलीले पार्टीमा आलोचना गर्नेलाई पत्तासाफ गर्ने र प्रशँसा गर्नेलाई पुरस्कार दिने गरेको चर्चा गर्दै भन्नुभयो-उहाँ खेलाडी नम्बर १ हो ।

“झापातिरका कार्यकर्तालाई खेद्ने र लखेट्ने गरेको सुनेँ । अब म पनि झापातिर बसाइँ सरुँ कि क्या हो ?”,नेपालले भन्नुभयो, ओली आमाको गलय सन्तान हो । के गर्ने अब आमालाई दोष दिऊँ ? बरु अरु आमाहरुलाई यस्ता सन्तान नजन्माउन भनौँ ।

झापामा ३५१ सदस्यीय जिल्ला कमिटी गठन भएको एमाले केन्द्रीय सदस्य रविन कोइरालाले जानकारी दिनुभयो ।

टिप्पणीहरू