होली पर्व र प्रधानमन्त्रीको टी शर्ट

होली पर्व र प्रधानमन्त्रीको टी शर्ट

आज फागु पूर्णिमाको दिन । सद्भावको निम्ति विभिन्न रंग एक आपसमा दलेर होली खेलिन्छ ।

आज मुलुकको राजधानी काठमाडौंलगायत पहाडी जिल्लामा फागु पूर्णिमा मनाइन्छ भने भोलि तराई र मधेशका जिल्लामा फागुखेलिन्छ ।

फागु पूर्णिमाको दिन मुलुकभर सार्वजनिक बिदा दिने चलन छ ।  होलीको प्रचलन भगवान कृष्णभन्दा पनि अघिदेखि हुँदै आएको हिन्दू धर्ममा वर्णन गरिएको छ । त्यो बेला कृष्णले राधा र गोपिनीहरूसँग खेलेको होलीको वर्णन धार्मिक ग्रन्थमा गरिएको छ ।

अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको गुणगान गाउँदै समर्थनमा लेखिएका होली स्पेशल टिशर्ट बजारमा छ्याप्छ्याप्ती पारिएको छ ।

टिशर्टमा प्रधानमन्त्री ओलीको फोटोसहित लेखिएको छ ‘सातै रंग होलीलाई,मेरो समर्थन ओलीलाई, ह्याप्पी होली ।’

टिप्पणीहरू