राजदूतहरुको दौडादौड शुरू

राजदूतहरुको दौडादौड शुरू

सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी फैसलाले उत्पन्न गराएको विकसित राजनीतिक अवस्थाबारे प्रत्यक्ष बुझ्न दुबै छिमेकी देशका राजदूत कस्सिएका छन् । यहि क्रममा मधेशवादी दल र नेपाली काङ्ग्रेसका नेताहरुलाई भारतले सबैभन्दा पहिलो लहरमा राखेको स्रोतको दाबी छ ।

जसपाका नेता महन्थ ठाकुर र राजेन्द्र श्रेष्ठ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्न केही बेरअघि पेरिस डाँडा पुगेका छन् । सोही पार्टीका नेता उपेन्द्र यादव काठमाडौंमा नरहेको बुझिएको छ । डा. बाबुराम भट्टराई उपचारार्थ नयाँ दिल्लीमा हुनुहुन्छ ।

ठाकुरले हिजो दिउँसो भारतीय राजदूत विनयमोहन क्वात्रासँग दूतावासमा गएर झण्डै दुई घण्टा वार्ता गर्नुभएको थियो । ठाकुरसँगको भेटपछि क्वात्राले हिजै काँग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधीलाई अनुपम फुडल्याण्डमा भेटेर कुरा बुझ्नुभएको छ ।

उता चिनियाँ राजदूत हौ यान्छी र अर्थमन्त्री तथा ओली समूहका महासचिव विष्णु पौडेलबीच पनि मन्त्रालयमा हिजो भेटवार्ता भएको छ ।

टिप्पणीहरू