‘भेट हो,सबै कुरो होइन’-मन्त्री तथा प्रवक्ता ज्ञवाली

‘भेट हो,सबै कुरो होइन’-मन्त्री तथा प्रवक्ता ज्ञवाली

परराष्ट्रमन्त्री तथा नेकपा (ओली समूह) का प्रवक्ता प्रदीप ज्ञवालीले जनआस्था डट कममा बिहीबार प्रकाशित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै सोमबार साँझ नेकपा नेताद्वय देवेन्द्र पौडेल र हरिबोल गजुरेलसँग भेट भएको तर समाचारमा उल्लेख गरिएझैँ ब्यहोरामा रहेर कुराकानी नभएको जानकारी गराउनुभएको छ ।

ज्ञवालीले कमरेडहरूसँग समसामयिक विषयमा कुराकानी भएपनि कडा मिजासमा कुनैपनि प्रसङ्ग नछेडिएको स्पष्ट पारिएको बताउनुभएको छ ।

हरिबोल गजुरेल (शीतलकुमार) सङ्ग भेट्ने कुरा तय भएबमोजिम आफू बालुवाटारबाट महाराजगन्ज पुगी यौटा स्मार्ट क्याफेमा एकार्काका कुरा सुन्ने सुनाउने काम भएको, त्यहीँ देवेन्द्र पौडेलसङ्ग पनि भेट भएको, वरपर अरु दुई तीन जना मान्छे पनि देखिएको र त्यसैमा आधारित रही जनआस्थामा प्रकाशित समाचारलाई अरु अनलाइनले फूलबुट्टा भरेर छरपस्ट पारेकोमा उहाँले दुखमनाउसमेत गर्नुभएको छ ।

टिप्पणीहरू