कमानसिंहकी कान्छी पत्नीको कथा

कमानसिंहकी कान्छी पत्नीको कथा

एकातिर श्रीमान् कमानसिंह लामाले प्राण त्याग्नुभएको स्थिति–अर्काेतिर अफवाह फैलाइएको छ । यही समय म कोरोना संक्रमित भई क्वारेन्टाइनमा छु । काजकिरिया पनि दाजु भाइले गरिरहनुभएको छ । म र उहाँको भाइलाई दाहसंस्कारमा समेत सहभागी नहुनु भन्नुभएको रहेछ । अहिले म कुनै हालबाट गु्रजिरहेको छु होला ?

उहाँसँग भेटचाहिँ ०४६ सालतिरै भएको हो । जनआन्दोलनताका हाम्रो घर सेल्टरजस्तै थियो । त्यही समय भेटघाट र चिनजान भएको हो । उहाँ राष्ट्रियस्तरको नेता, म गाउँले, सोझी । उहाँको आउजाउ बाक्लो हुँदा उहाँसँग जोडिएर मेरा कुरा चल्न थाले । उहाँले कान्छीको रूपमा भित्र्याउनुभयो । जेठी श्रीमतीबाट ४ छोरी र एक छोरा रहेछन् । एउटा छोराछोरी बनाउनुपर्छ भन्दा पनि पहिलो श्रीमतीबाट जन्मिएको छोराछोरीलाई आफ्नै ठानेँ । यो तपाईंको रगत हो नि भनेर सन्तान जन्माउनसमेत अस्वीकार गरी बसेँ । जीवनभर उहाँकै दासी बनें । तर, मैले घर छाडेर हिँड्नेबित्तिकै उनीहरूलाई उचालेर अदालतमा मुद्दा हालियो । त्यहीँबाट सबै कुरा बिग्रियो ।

विवादको जड हाइड्रोपावरको लगानी हो । बागमती अपार्टमेन्टमा अफिस छ । ७ दशमलव २७ मेगावाट क्षमताको याम्बलिङ हाइड्रोपावरमा हाम्रो लगानी हो । छोरीको नाममा दर्ता भएको छ । हामी आफैंले मात्र गर्न सक्ने स्थिति थिएन । १ अर्ब २० करोडको प्रोजेक्टको निम्ति ३६ अर्ब इक्विटी हाल्नुप¥यो । राजनीति गर्नेहरूलाई बैंकले नपत्याउने रहेछ । मैले त्यो हाइड्रोपावरमा सबैसँग हात जोडेर लगानी गरेको हुँ । झण्डै ८ करोड बराबरको शेयर लगानी छ हाम्रो । एक करोडभन्दा बढी ऋण छ । ३६ प्रतिशत व्याजमा पैसा चलाइएको छ । कि त बन्द गर्नुपर्ने वा चलाउनुपर्ने स्थिति थियो । त्यही बीचमा चाइनिजहरूले गर्छु भनेर आए । एक वर्ष झुलायो फेरि राजनीति गर्नेसँग कोही पनि पार्टनर बन्न नचाहने रहेछ । एक जना भाइको ३६ लाख रुपैयाँ लगानी छ । भाइबुहारी ३६ लाखको छ । त्यही क्षेत्रका दुई जना भाइको पनि ३६÷३६ लाखको शेयर छ । छोरीको नाममा ४० लाख, उहाँ (कमानसिंह) को नाममा ६० लाख र मेरो नाममा ५ करोड चानचुन हो । मेरो नाममा भएको उहाँको सन्तानलाई दिन्न भनेर कहिल्यै भनेकै थिएन । हाइड्रोपावरको लाइसेन्स नै खारेज हुने अवस्थामा पुग्यो । त्यहीपछि हामी नारायणकाजी श्रेष्ठ दाइको स्वकीय सचिव सुसन कर्माचार्यलाई गुहार्न गएका हौं । दुई वर्षअघि म र श्रीमान् गई बिहानदेखि हात जोडेर उनलाई शेयर लिइदिनुस् भनेको हो । मानेकी थिइनन् । लुम्बिनी विकास बैंकलाई गुहारियो सुसनकै सहयोगमा । उहाँलाई शेयर ट्रन्सफर भएको हो । मेरो नाममा रहेको साढे २ करोडको शेयर सुसनले किन्ने कुरा भयो । उनले म तपाईंको शेयर पैसा दिएर किन्दिनँ । अहिले तपाईंको नामको शेयर मेरो नाममा गरिदिनु । तपाईंकै जग्गा राखेर २ करोड निकालेर सबै कम्पनी क्लियर गरेर आउनुस् । अनि म साढे २ करोडको शेयर किन्छु । म पनि कुरा गर्दिन्छु । भोलि फाइनान्सियल क्लोजर हुनेबेलामा तपाईंलाई बैंकले दिएको २ करोड रुपैयाँ ऋणमा परिवर्तन गरेर जग्गा फुकुवा गरिदिन्छु भन्नु भएको थियो । अनि त्यो साढे २ करोडको शेयरचाहिँ पछि फिर्ता गर्छु भनेको थियो । तर, क्लोजर गर्न ढिला भयो । मैले सबैसँग हात हातमा पैसा लिएर शेयर हालेको थिएँ । मैले सुसनको नाममा साढे २ करोड रूपैयाँको शेयर हस्तान्तरण गरिदिएँ । सुसनलाई डाइरेक्टर बनाएँ । उहाँलाई डाइरेक्टर बनाउन मेरो श्रीमान्को पनि सहमति थियो । उहाँले हुन्छ तिमीहरू गर भन्नुभयो, म बोर्डमा बसेँ ।

छोराले भिडियो खिचेको होला । बदनाम गराउने इन्टेनसनले नै । नत्र ५ महिनाअघिको भिडियो अहिले किन सार्वजनिक गरिन्थ्यो ?

काम त शुरु गर्नु थियो । साधारणसभाको माग उठ्न थाल्यो । तर, उहाँ साधारणसभा गर्न नचाहने । हामीले थाहा नदिई साधारणसभा गरिदियौँ । अनि बल्ल फाइनान्सियल क्लोजर भयो । ठ्याक्क क्लोजर भएपछि कोरोना संक्रमण बढ्न थाल्यो । लकडाउन शुरु भयो । चलाउन सक्ने स्थिति रहेन । त्यहीबेला मलाई शेयरकै विषयमा तथानाम बोल्नेदेखि कुट्ने, पिट्ने गर्न थाल्नुभयो । शेयरको विषयमा उहाले श्रीमती र छोरीहरूलाई उचालेर मुद्दा दर्ज गर्नुभयो । उहाँले म र सुसनलाई जिल्ला अदालत काठमाडौंमा लिखत बदर गरिपाऊँ भनेर मुद्दा हालिदिनुभयो । त्यही शेयरमा मुद्दा हाल्ने, शेयरको पैसा पनि देऊ भन्ने कसरी हुन्छ ? त्यो पनि व्याजसहित ।

यही बीच नारायणकाजीलाई भेट्नुभएको रहेछ । सायद छोराले भिडियो खिचेको होला । नारायणकाजीलाई बदनाम गराउने इन्टेनसनले नै त त्यो भिडियो खिचिएको होला ? नत्र किन खिचिन्थ्यो ? ५ महिनाअघिको भिडियो अहिले किन सार्वजनिक गरिन्थ्यो ?

राजदूत कसले बनायो ? अन्तरिम विधायक कसले बनायो

कमानसिंह लामालाई कोरियाको राजदूत कसले बनायो ? अन्तरिम विधायक कसले बनायो नारायणकाजी दाइकै सिफारिसमा बन्नुभएको होइन र ? कोरियाको राजदूत हुँदा प्रेसर, सुगर र किड्नीको रोगी । आफ्नै बुताले उपचार गर्न सक्ने अवस्था थिएन । राजदूत हुँदा किड्नीमा खराबी देखिएपछि परराष्ट्रमन्त्री नारायणकाजी दाइलाई गुहा¥यौं तत्कालै मन्त्रिपरिषद्को् बैठकबाट राहत उपलब्ध गराएर उपचार नगरेको भए उहिल्यै जानुहुन्थ्यो । आज ती सबै गुनलाई बिर्सिएर एउटा स्टाटस लेख्नुभएको रहेछ । बुबाको मुख हेर्ने दिन । त्यही स्टाटसलाई स्क्रिन सट हानेर नारायणकाजीले घर बिगारे भनिएको छ । तर, उहाँ सदैव हाम्रो परिवारको अभिभावकको भूमिकामा रहनुभयो । कोरियाबाट फर्किएपछि पनि मासिक २० हजारभन्दा बढीको औषधि नै लाग्थ्यो । सुगर–प्रेसर बढ्दै गएपछि बेहोस हुनुहुन्थ्यो । उहाँलाई के हालतमा बचाएको हुँ भन्ने त मलाई मात्रै थाहा छ । आज मैले छाडेको ५ महिना नहुँदै बितेर जानुभयो । खोज्नेहरूले यो कुरा किन खोज्दैनन् ? किन अफवाह मात्र फैलाइन्छ ? मलाई अहिले असैह्य पीडा भएको छ । तर, मेरो पीडा कसले सुन्ने ? कसले बुझ्ने ? मिडियामा यति धेरै अफवाह फैलिएका छन् । नखाएको विष कसरी लाग्छ मान्छेलाई ?

दसैंदेखि नै म माइती रामेछापमै थिएँ । कोरोना कहर, लकडाउनको अवस्था । त्यही कारण सिन्धुपाल्चोकबाट माइती घर रामेछाप पुगेकी हँु । कानमा श्रीमान् बिरामी भएको र हस्पिटल पु¥याइएको खबर प¥यो । आत्तिँदै गह्राँै मन लिएर काठमाडौं आएँ । भेट्न अस्पताल गएँ । तर, मलाई भेट्नै मन गर्नुभएन । उल्टै पैसा लिएर आउने भए मात्रै आइज नत्र मेरो मुख पनि नहेर् भन्नुभयो ? बस्दै नबस् भनेपछि म बस्न सकिनँ । र, त्यहाँबाट हिँडेकी हुँ । कहीँ कतै नजोडिएको मान्छेलाई किन बदनाम गराउनु ? कसको स्वार्थमा यी सबै काम भइरहेको छ ? दाइ त हामीबीच विवाद हल गर्न प्रयास गर्नुभएको हो । घण्टांै भएको छलफलको २ मिनेटको क्लिप बनाएर एउटा व्यक्तिको राजनीतिक करियर सिध्याउने ?

– इन्द्रमाया तामाङ, कमानसिंहकी कान्छी श्रीमती

टिप्पणीहरू