भरतपुरमा चुनाव विरोधी प्रदर्शन, निर्वाचन बहिष्कारको आह्वान

भरतपुरमा चुनाव विरोधी प्रदर्शन, निर्वाचन बहिष्कारको आह्वान

चितवनको भरतपुरमा चुनाव विरोधी प्रदर्शन भएको छ । नेकपा बहुमतले आयोजना गरेको कार्यक्रममा झण्डै तीन दर्जनको उपस्थिति रहेको बताइन्छ ।  भरतपुरको धर्म चोकमा पार्टीका चितवन इञ्चार्ज विश्वनाथ चौधरीको नेतृत्वमा कार्यक्रम गरिएको हो ।

उनीहरुले मशाल बालेर नारा लगाएका हुन् । सहभागीहरुले दलाल पुँजीवाद सरकार होशियार, संसदीय चुनाव बहिष्कार गरौं, सम्पूर्ण देशभक्तहरु एक होऔंलगायत नारा लगाएका थिए ।

टिप्पणीहरू