गोरखापत्रको पेज ह्याकरको हातमा

गोरखापत्रको पेज ह्याकरको हातमा

सरकारद्वारा सन्चालित मुलुककै जेठो सञ्चार संस्था गोरखापत्रको अफिसियल फेसबुक पेज ‘ह्याक’ भएको छ । झण्डै साढे ६ लाख फलोअर भएको उक्त पेज मंगलबारदेखि ह्याकरको कब्जामा परेको हो । अस्ति १३ तारिखयता पेजमा कुनै अपडेट देखिएको छैन । ह्याक भएकै कारण पेज अपडेट नभएको बताइएको छ ।

पछिल्लो समय ‘भेरिफाइड’ फेसबुक पेजहरु ह्याकरको निशानामा परिरहेका छन् । गत वैशाखमा अखिल नेपाल फुटबल संघ (एन्फा)को अफिसियल पेज पनि ह्याक भएको थियो । लाखौँ लाइक भएका त्यस्ता पेज ह्याक गरेर पासवर्ड चोरी गरी म्यासेन्जरमार्फत पठाएर रकम बार्गेनिङ गर्ने भारतीय गिरोह यसमा सक्रिय रहेको बताइन्छ ।

“आजै भूमि समस्या समाधान आयोग नुवाकोटका अध्यक्ष तथा नेपाली कांग्रेसका स्थानीय नेता अर्जुन न्यौपानेको त्यस्तै अश्लिल भिडियो सार्वजनिक भएको छ ।”

भेरिफाइड पेज मात्र होइन,फेसबुकका प्रयोगकर्ताहरु पनि ह्याकरको हैरानीमा पर्ने गरेका छन् । विशेषगरी सूचनामा बढी चासो राख्ने भएकाले सञ्चारकर्मीहरुको फेसबुक ह्याक हुने गरेको छ । भारतीय गिरोहले भिडियो कल गरेर फेस क्याप्चर गर्ने र अश्लिल भिडियो बनाएर रकम बार्गेनिङ गर्ने गरेको छ ।

हालै सेतोपाटीका खिला ढकाललाई त्यसैगरी २५ लाख बार्गेनिङ गरिएको थियो । ह्याकरले सूचनाको खोजीमा सञ्चारकर्मीलाई बढी निशानामा पार्ने गरेकाले सचेत रहन प्रहरीले आग्रह गरेको छ । आजै भूमि समस्या समाधान आयोग नुवाकोटका अध्यक्ष तथा नेपाली कांग्रेसका स्थानीय नेता अर्जुन न्यौपानेको त्यस्तै अश्लिल भिडियो सार्वजनिक भएको छ । भारतीय महिलाले भिडियो बनाएर दुरूपयोग गरेको भन्दै उनले अनुसन्धानका लागि प्रहरीको साइबरक्राइममा उजुरी गरेको बताएका छन् ।

एकपछि अर्को प्रतिष्ठित व्यक्ति र संस्थाका फेसबुक पेज ह्याक भैरहँदा पनि यसको नियमनकारी निकायले रोक्न सकेको छैन । देशभित्र सामाजिक सञ्जालहरु दर्ता हुने व्यवस्था नभएकाले अनुसन्धानमा कठिनाई भएको प्रहरीको भनाई छ ।

टिप्पणीहरू