प्रतिनिधिसभाको अन्तिम बैठक सर्यो

प्रतिनिधिसभाको अन्तिम बैठक सर्यो

प्रतिनिधिसभाको बैठक सारिएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक भोलि बिहान ११ बजे बस्ने गरि सारिएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक बस्ने दिन र समय परिवर्तन गरेकाे प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए । बैठक विशेष कारणबस सार्नुपरेको बताइए पनि कारण भने स्पष्ट खुलाइएको छ ।

असोज १ गतेदेखि प्रतिनिधिसभाको कार्यकाल सकिने भएकाले सम्भवत: भोलिको बैठक नै अन्तिम हुनेछ।

टिप्पणीहरू