चोलेन्द्रको बयानअघि माननीयहरु आन्तरिक संवादमा

चोलेन्द्रको बयानअघि माननीयहरु आन्तरिक संवादमा

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाभियोग सिफारिस समितिले आज पनि बयानको लिँदैछ । आज बयान सक्ने तयारीका साथ दिउँसो १ बजेका लागि समितिको बैठक बोलाइएको छ ।

आजै बयान सक्ने भएकाले बैठक बस्नुअघि महाभियोगबारे थप धारणा बनाउन समितिका सदस्यहरु आन्तरिक छलफलमा जुटेका छन् । समितिले तयार गरेको ४३ वटा प्रश्नमध्ये अब मात्र ८ वटाको जवाफ दिन बाँकी भएकाले आज बयान सकेर प्रतिवेदन लेखनको तयारीमा लाग्ने योजनाका साथ समितिका सदस्यहरु छलफलमा बसेका हुन् ।

समितिले प्रतिवेदन तयार पारेर भदौको अन्तिमसम्म प्रतिनिधिसभामा बुझाउने तयारी गरेको छ । सम्भव भएसम्म यहि प्रतिनिधिसभाबाट महाभियोग टुंगोमा पुर्याउने गरि काम अघि बढाउने समितिका एक सदस्यले बताए ।

टिप्पणीहरू