राष्ट्रपति भेटेर एमाले अध्यक्ष बालकोट पुग्नुभयो

राष्ट्रपति भेटेर एमाले अध्यक्ष बालकोट पुग्नुभयो

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । अध्यक्ष ओली राष्ट्रपतिसँग भेट गर्न साँझ पौने ७ बजेको समयमा शीतल निवास पुग्नुभएको थियो ।

उहाँहरुबीच राति ९ बजेको हाराहारीसम्म कुराकानी भएको छ । शीतल निवासबाट निस्कनुभएका ओली केहीबेर अघि आफ्नो निवास बालकोट पुग्नुभएको छ ।

संसदको दुवै सदनबाट हुबहु पारित नागरिकता विधेयक पुुनः प्रमाणीकरणको निम्ति सभामुखले शीतल निवास पठाउनुअघि झापाबाट फर्कनासाथ अध्यक्ष ओलीले राष्ट्रपतिलाई दुई घण्टा भेट गर्नुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण मानिएको छ ।

टिप्पणीहरू