सिमानापारी बाढीले बिजोग (भिडियोसहित)

सिमानापारी बाढीले बिजोग (भिडियोसहित)

भारतको उत्तर प्रदेश राज्यमा केही दिनयता आएको बाढीका कारण २ लाख ४५ हजारभन्दा बढी मानिस प्रभावित भएका छन् । वाराणसीसहित कम्तिमा ५ स्थानमा गंगा नदी खतराको सीमाभन्दा माथि देखिएको छ।

भारतको राष्ट्रिय आपतकालीन प्रतिक्रिया केन्द्र (NERC) का अनुसार २६ अगस्ट २०२२ देखि २२ जिल्लाका १ हजारभन्दा बढी गाउँहरू बाढीबाट प्रभावित भएका छन् ।

सरकारले करिब ४ सय राहत शिविर स्थापना गरेको छ,जसमा २९ अगस्टसम्म १६ हजार भन्दा बढी विस्थापितले आश्रय लिइरहेका थिए भने ३१ अगस्टसम्ममा करिब साँढे दुईलाख जना प्रभावित भएको रिपोर्ट एनइआरसीले गरेको छ। केही दिनयता आएको बाढीमा परी कम्तीमा ४ जनाको मृत्यु भएको पनि जनाइएको छ ।

राष्ट्रिय प्रकोप उद्धार बल,राज्य प्रकोप उद्धार बल र प्रादेशिक सशस्त्र प्रहरीको टोलीलाई राहत र उद्धार कार्यमा खटाइएको पनि जनाइएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ३१ अगस्तमा बाढीग्रस्त क्षेत्र गाजीपुर र वाराणसीको हवाई निरिक्षण गरेका थिए ।

श्रोत : रप्त्ली न्युज र अन्य विभिन्न एजेन्सी

टिप्पणीहरू