लकडाउनमा जुवा खेल्ने मारवाडीहरू पक्राउ

लकडाउनमा जुवा खेल्ने मारवाडीहरू पक्राउ

प्रहरीले घरघरमा क्यासिनो क्वाइन पठाई–पठाई जुवाखाल चलाउने त्यसका सञ्चालकहरुको खोजी शुरु गर्नासाथ अधिकांश क्यासिनो सञ्चालक सम्पर्कबाहिर रहन थालेका छन् ।

लकडाउनकै कारण विदेशीलाई जुवा खेलाउन अनुमतिप्राप्त क्यासिनोहरु पनि अहिले बन्द छन् । तर, ‘खाने मुखलाई जुँगा’ ले कहाँ छेक्दो रहेछ र ?

सोमबार साँझ कमलादीस्थित रिजेन्सी बुटिक होटलबाट पक्राउ परेका मारवाडी जुवाडेहरुलाई काठमाडौंकै कुनै क्यासिनोले आफ्नो क्वाइनसहित सेवा उपलब्ध गराएको रहेछ ।

२ लाख ७७ हजार ७ सय २० रुपैयाँसहित पक्राउ परेका ८ मारवाडी जुवाडेका साथबाट क्यासिनोका १ सय ६९ वटा क्वाइन पनि बरामद भएको छ । ५०, सय र पाँच सय दरका ती क्यासिनो क्वाइन कुन क्यासिनोले प्रयोग गर्ने हो भन्नेबारे दरबारमार्ग प्रहरी बृत्तले आज विहानैबाट अनुसन्धान शुरु गरेको छ ।

हिजो कार्यालय समयपछि उनीहरु पक्राउ परेका कारण आज उनीहरुको म्याद थपिने भएको छ । तर, प्रहरीले घरघरमा क्यासिनो क्वाइन पठाई–पठाई जुवाखाल चलाउने त्यसका सञ्चालकहरुको खोजी शुरु गर्नासाथ अधिकांश क्यासिनो सञ्चालक सम्पर्कबाहिर रहन थालेका छन् ।

प्रहरीले होटल याक एण्ड यतिमा सञ्चालित क्यासिनो रोयलको क्वाइनसँग बरामद भएको क्वाइन भिडाउँदा उक्त क्वाइन त्यहाँ प्रयोग हुनेभन्दा फरक पाएको छ । ‘आज दिनभरिमा हामी कुन क्यासिनोको क्वाइन हो भन्ने पत्ता लगाइसक्छौँ’, अनुसन्धानरत एक प्रहरीले जनआस्थालाई बताए ।

सोमबार साँझ पक्राउ पर्ने मारवाडी जुवाडेहरुमा नन्दकिशोर शर्मा, विमलकुमार खेतान, विमल आहुजा, सुरेशकुमार अग्रवाल, गोविन्द सरिया, रामचन्द्र संघाई, अशोककुमार अग्रवाल, पुरुषोत्तम अग्रवाल छन् । बुटिकल होटलका सञ्चालक निकी जोगाई पनि पक्राउ परेका छन् ।

टिप्पणीहरू