माओवादी नेतालाई दर खान भ्याइनभ्याइ

माओवादी नेतालाई दर खान भ्याइनभ्याइ

नेकपा माओवादी केन्द्रका नेतृहरु आज पनि तीजको दर खान एक ठाउँमा भेला भएका छन् । अनेरास्ववियु (क्रान्तिकारी) काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको तीज विशेष कार्यक्रमको अवसरमा थापागाउँस्थित काठमाडौँ व्याङकेटमा उनीहरु भेला भएका हुन् ।

अध्यक्ष मिथिला सिग्देलको अध्यक्षता ‘संसारका मुक्तिकामी महिलाहरु एक जुट होऔं‘ भन्ने नाराका साथ आयोजना गरेको तीज विशेष कार्यक्रममा पूर्वसभामुख तथा पार्टी स्थायी कमिटी सदस्य अनसरी घर्ति मगर, पोलिटब्यूरो सदस्य युवराज दुलाल र बागमती प्रदेश इञ्चार्ज तथा केन्द्रीय समिति सदस्य कमला दोङलगायत सहभागी छन् ।

माओवादीका युवा नेता टीएन सापकोटा, प्रदेश सदस्य महेन्द्र रसाइली, बागमती प्रदेश सदस्य मुना ढकाललगायतका नेता तथा कार्यकर्ताहरु उक्त कार्यक्रममा उपस्थित रहेको आयोजकले जनाएको छ ।

हिजो पनि क्रान्तिकारीको महिला विभागले काठमाडौँमा तीज विशेष कार्यक्रम आयोजना गरेको थियो ।

टिप्पणीहरू