जडीबुटीको फोहोर बटुलेर युवासंघ च्यासल पुग्यो

जडीबुटीको फोहोर बटुलेर युवासंघ च्यासल पुग्यो

नेकपा एमालेनिकट राष्ट्रिय युवासंघले काठमाडौंको जडीबुटीस्थित कामख्या आयल स्टोर नजिकै थुप्रिएको फोहोरको डङ्गुर उठाएको छ ।

युवासंघ विशेष प्रदेश कमिटीको आयोजनामा फोहोरमैलाको विकराल समस्याविरुद्ध दबाबमूलक सरसफाई कार्यक्रमअन्तर्गत आज जडीबुटीको फोहोर उठाइएको हो । संघका अध्यक्ष किरण पौडेल, सरसफाई संयोजक महेश चौलागाईं र नेपाल अन्तर जिल्ला समन्वयका सहइन्चार्ज बलराम बेल्बासेलगायत दुई दर्जनको सहभागितामा फोहोर व्यवस्थापन गरिएको जनाइएको छ ।

फोहोर उठाई सकेर उक्त टोली कोटेश्वरबाट ललितपुरको च्यासलस्थित मातृ पार्टी एमाले मुख्यालयतर्फ लागेको छ । त्यहाँ अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा सरसफाई कार्यक्रम गर्न लागेको बुझिएको छ ।

संघले यसअघि काठमाडौंका विभिन्न स्थानको फोहोर उठाएको थियो ।

टिप्पणीहरू