परीक्षा दिन बसेका शिक्षकले नै परीक्षा हलमा टिकटक बनाएपछि

परीक्षा दिन बसेका शिक्षकले नै परीक्षा हलमा टिकटक बनाएपछि

शिक्षक सेवा आयोगले लिएको माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षामा सहभागी परीक्षार्थीले उत्तरपुस्तिकाको भिडियो बनाएपछि कारबाहीमा परेका छन् । आयोगले अस्ति लिएको परीक्षामा कैलालीको त्रिभुवन माध्यमिक विद्यालय बोराडाँडी केन्द्रमा परीक्षा दिन पुगेका उनले हलभित्रै उत्तरपुस्तिकाको भिडियो खिचेर टिकटकमा पोष्ट गरेका हुन् ।

भिडियो सार्वजनिकलगत्तै आयोगले जारी गरेको सूचनामा उनको उक्त कार्य अमर्यादित भएको बताइएको छ । परीक्षार्थी विनोद कुमार बमले परीक्षाको मर्यादा विपरित प्रश्नपत्र र उत्तरपुस्तिकाको भिडियो खिचेर सामाजिक सञ्जालमा राखेकाले कारबाही गरिएको आयोगले प्रष्ट पारेको छ ।शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम २६ को उपनियम ९१० अनुसार उनको अनुमतिपत्रको दरखास्त समेत रद्द गरिएको छ । बमलाई सोही नियमावलीको नियम ४३ अनुसार दुई वर्षसम्म आयोगबाट सञ्चालन गरिने अध्यापन अनुमतिपत्रको परीक्षालगायत कुनै पनि प्रतिस्पर्धात्मक परीक्षामा सहभागी हुनबाट वञ्चित गरिएको छ ।

टिप्पणीहरू