अमेरिकी सभामुखका कारण चीन रिसले आगो

अमेरिकी सभामुखका कारण चीन रिसले आगो

अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणपछि चीन अमेरिकासँग रिसले आगो भएको छ । आफ्नो लगातारको आग्रहलाई लत्याउँदै अमेरिकी उच्च अधिकारीबाट भएको ताइवान भ्रमणले बेइजिङ थप सशंकित बनेको बताइन्छ ।

सभामुख पेलोसीको ताइवान भ्रमणपछि बेइजिङले ताइवानमाथि आक्रमणको चेतावनीसमेत दिएको छ । ताइपेइ–ताइवान स्ट्रेट वरपर आफ्नो सैन्य अभ्यास आवश्यक र न्यायपूर्ण रहेकोमा जोड दिएको चीनले ताइवानको उत्तर,दक्षिण पश्चिम र दक्षिणपूर्वमा हवाई र समुुन्द्री आक्रमण गर्ने चेतावनी दिएको हो ।

‘चीनको ताइवान नजिकै समुद्रमा चिनियाँ सेनाले गरेको सैन्य अभ्यास राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्न आवश्यक र न्यायपूर्ण उपाय हो,’ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले आज नियमित प्रेस ब्रिफिङमा भनिन् ।

उनले अगाडि बताइसन्, ‘पेलोसीको ताइवान भ्रमणबाटै थाहा हुन्छ- अहिलेको सेरोफेरोमा अमेरिका उत्तेजक हो भने चीन पीडित । अमेरिका र ताइवानले संयुक्त रुपमा उत्तेजना फैलाए, त्यसपछि चीनले आफ्नो बचाउको कुरो गरेको हो ।’

टिप्पणीहरू