राजविराजका मेयरमाथि भ्रष्टाचार मुद्दा,कुर्सी सम्हालेको दुई महिना नपुग्दै निलम्बित

राजविराजका मेयरमाथि भ्रष्टाचार मुद्दा,कुर्सी सम्हालेको दुई महिना नपुग्दै निलम्बित

सप्तरीको राजविराज नगरपालिकाका मेयर भीमराज यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । निर्माण व्यवसायमा संलग्न उनले गैरकानुनी ढंगले अनुचित लाभ लिएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आज मुद्दा दर्ता गरेको हो ।

आयोगले अदालतमा दायर गरेको आरोपपत्रमा मेयर यादवसहित जिल्ला खेलकुद विकास समिति सप्तरीका तत्कालीन अध्यक्ष एजेट न्यासुर, उपाध्यक्ष,कार्यालय प्रमुख,इञ्जिनियर र निर्माण सेवाका सञ्चालकसमेत सात जना र दुई वटा निर्माण सेवाउपर गैरकानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको ठहर गरिएको छ ।

मुद्दा दर्तासँगै मेयर यादव निलम्बनमा परेका छन् । ठेकेदारसमेत रहेका उनी जनता समाजवादी पार्टी (जसपा) बाट नगर प्रमुखमा निर्वाचित भएका थिए ।

टिप्पणीहरू