साँढे जुधाई हेर्दै गर्दा जे भयो….. (भिडियो सहित)

साँढे जुधाई हेर्दै गर्दा जे भयो….. (भिडियो सहित)

कोलम्बियाको एल एस्पिनलमा आइतबार साँझ काठले बनाइएको एउटा खेल मैदानमा लोकप्रिय साँढे जुधाई खेल चलिरहेको थियो, सोहि समयमा दर्शक बस्ने काठको केहि भाग भत्किँदा कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । केहि बालबालिका पनि सो दुर्घटनामा हराइरहेको बताइएको छ। केहि घाइतेलाई तुरुन्तै नजिकको अस्पताल पुर्याइएको छ भने भर्खरै चुनिएका राष्ट्रपतिले यस्तो किसिमको खेल आयोजना बन्द गरिनुपर्ने बताएका छन् । हेरौं, चिनियाँ समाचार संस्था सिन्ह्वाले भर्खर प्रकाशित गरेको भिडियो बुलेटिन ।

श्रोत: सिन्ह्वा र अन्य एजेन्सी

टिप्पणीहरू