चिरिबाबु नेतृत्वको महानगरको यो हालत

चिरिबाबु नेतृत्वको महानगरको यो हालत

काठमाडौंको टेकु र ललितपुरको सानेपा जोड्ने बागमतीको पुल छेउको दृश्य हो यो । यसरी पानी जमेर ठूलै पोखरी भएको छेउ चाँही ललितपुर महानगरको क्षेत्रमा पर्छ ।

विगतमा पुलमात्र हुँदा यस्तो अवस्था थिएन । जब बागमती नदी किनारमा योजना बिनाको सडक बनाइयो, त्यसपछि बर्खायाममा सँधै देख्न पाइने दृश्य यो वर्ष पनि शुरु भएको हो ।आज राति राजधानी र वरपर परेको भीषण वर्षापछि बिहान उक्त सडक भएर जाँदै गरेका सवारी साधन र यात्रुको दुर्दशाले सबैलाई गिज्याएको छ । महानगरको नाममा ठूला ठूला भाषण छाँट्ने मेयर र योजनाविद्हरुलाई पनि मुखभरीको जवाफ दिएको छ ।

स्थानीयका अनुसार उक्त पुलमुनि केही वर्ष अघिसम्म पानी जम्दैनथ्यो । बागमतीको किनारमा सहजताको निम्ति बिना योजनाको आफुखुशी सडक बनाएपछि उक्त स्थानको हालत बिजोग भएको हो । एक जना भुक्तभोगी भन्छन्, ‘हिउँदको सामान्य वर्षामा पनि पानी जमेर हिँडिसाध्य हुँदैन ।’

फोटो साभार: लक्ष्मण वियोगीको फेसबुक ।

टिप्पणीहरू