धार्मिक तथा साम्प्रदायिक द्वन्द्व
धार्मिक तथा साम्प्रदायिक सम्बन्धमा खलल पुग्ने अभिव्यक्ति नदिन सरकारको अपील
सरकारले धार्मिक तथा साम्प्रदायिक द्वन्द्व फैलाउने किसिमका अभिव्यक्ति नदिन अपिल गरेको छ । देशका विभिन्न स्थानमा धार्मिक सद्भाव भड्किने अवस्था सृजना भएपछि आज बसेको क्याविनेट बैठकले विशेष प्रस्ताव पारित गर्दै यस्तो अपील गरेको हो । क्याविनेट बैठकले विचार तथा अभिव्यक्ति स्वतन्त्रतालगायत संविधानप्रदत्त मौलिक हकको सम्मान गर्दै सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित बनाउन पनि आग्रह गरेको छ । त्यस्तै, सामाजिक सञ्जाल प्रयोगकर्तालाई मुलुकको सार्वभौम सत्ता, भौगोलिक अखण्डता, रा…