प्रदीपकुमार ज्ञवाली
पूर्व परराष्ट्रमन्त्री भारतबाट आगमन,परराष्ट्रमन्त्री पत्नी बेइजिङ प्रस्थान
एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवाली भारतबाट फर्कनुभएको छ । पूर्व परराष्ट्रमन्त्री समेत रहनुभएका ज्ञवाली हिजो राति नयाँ दिल्लीबाट काठमाडौं आउनुभएको बताइएको छ । उहाँ एअर इण्डियाको उडान नम्बर एआई २११ मा राति साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनुभएको हो । यता, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा सहभागी हुन परराष्ट्रमन्त्री एनपी साउदकी श्रीमती मध्यरात चीनतर्फ प्रस्थान गरेकी छन् । ज्योत्सना अधिकारी चाइना साउदर्नको उडान नम्बर सिजेड ३०६८ मा रा…