न्यायपरिषद्
श्रीमान छान्दाछान्दै प्रधानमन्त्रीको फोन
खल्तीबाट नाम झिकेर जस्तो पायो त्यस्तो वकिललाई न्यायाधीश बनाउने प्रथामात्रै अन्त्य भएन, भएकै न्यायाधीश पनि इमान्दार र क्षमतावान नहुँदा यसचोटि सेकिएका छन् । न्यायपरिषद्ले जिल्ला र उच्च अदालतका निम्ति भदौ २९ गते न्यायाधीश सिफारिस गर्ने क्रममा त्यस्तो भएको हो । जिल्ला न्यायाधीशको वरियतामा अगाडि भएर पनि कार्यसम्पादन विवादित भएका कारण केहीले उच्चमा छिर्न पाएनन् । त्यसमध्ये वरिष्ठतामा सिन्धुलीमा दुई नम्बरका महेन्द्रबहादुर कार्की, भक्तपुरका गोपाल बास्तोलासहित गिरिराज गौतमको नाम पनि क…