वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग

बजार अनुगमन तीब्र बनाउन सरकारी निर्देशन

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीब्र बनाउन निर्देशन दिएको छ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् मुलुकभरका स्थानीय तहलाई विभागले चाडपर्व नजिकिँदै गर्दा बजारमा हुने अस्वाभाविक मूल्यवृद्धि र कालोबजारी रोक्न निर्देशन दिएको छ ।   विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २८ बमोजिमको स्थानीय बजार अनुगमन समिति सक्रिय बनाई सोको नियमावली समेतमा भएका कानूनी प्रावधानको प्रभावकारी कार्यान्वयनका लागि अनुगमनमार्फत विभिन्न नाममा …