एम्बुलेन्स दुरुपयोग गर्नेलाई कारबाही
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्सको दुरुपयोग गर्नेलाई कारबाहीको चेतावनी दिएको छ । एम्बुलेन्स दुरुपयोगको गुनासो प्राप्त भएको जनाउँदै मन्त्रालयले अनुगमनको क्रममा प्रमाणित भएमा निलम्बनदेखि दर्ता खारेजसम्म गरिदिने बताएको छ ।
मन्त्रालयले ‘राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८’ का प्रावधानहरु अनिवार्य रुपमा पालना गर्दै एम्बुलेन्स सञ्चालन गर्न आग्रह गरेको छ । ‘हाल देशका विभिन्न स्थानहरुमा एम्बुलेन्स सेवाको दुरुपयोग भएको गुनासोहरु प्राप्त भइरहेकाले यस मन्त्…