दीपक खनाल 

अश्लील बोल्नै पर्छ, नाक खुम्च्याउनै पर्छ, मुख कुच्याउनै पर्छ ?

‘कला’ मानिसको अन्तःस्करणबाट प्रस्फुटन हुने क्षमता, प्रतिभा हो । कलामा गहिरो चिन्तन गराउन सक्ने मोहनी हुन्छ । कलामा भावना, यथार्थ, अँध्यारो–उज्यालो अर्थात् हाँसो– आँसु हुन्छ । दिव्यचक्षु लगाएर हेर्ने हो भने प्रकृति आफैँमा एउटा कला, कलाकार हो । चरीहरूको चिरबिर, पानीको बगाइ, हावाको सुसाइ आफैँमा कला हो ।  ढुङ्गे युगदेखि आजको च्याट जिपिटीसम्म आइपुगेको मानिसको चेतना, आविष्कार, अनुभव, भोगाइ, क्षमता, ज्ञान निकै नै भिन्न र उच्च छ । ज्ञान जति भयो कलात्…