वामदेव गौतम

एमालेमा मिसिन आतुर वामदेवलाई ओलीको जवाफ : यसबारे छलफल बिस्तारै गरौंला

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफू एमालेमा फर्किन आतुर रहेको बताएका छन् । राष्ट्रिय सभा सांसदसमेत रहेका उनले आफूलाई छिटोभन्दा छिटो एमालेमा प्रवेश गराउन अध्यक्ष केपी शर्मा ओलीलाई दबाब दिन सो पार्टीका नेता–कार्यकर्तालाई आग्रहसमेत गरेका छन् । वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रमका लागि आज एमाले मुख्यालय च्यासल पुगेका गौतमले आफू नमर्दासम्म काम गर्ने अवसर दिन ओलीलाई सार्वजनिक रुपमा अनुरोध गरेका छन् । पटक–पटक एमालेमा भ…