नाउपा

सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिन रञ्जिताको निर्देशन

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले नेपाली काँग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दलका नेता घनश्याम चौधरीलाई निर्देशन दिएकी छिन् ।   उनले चौधरीलाई पठाएको पत्रमा पार्टीको अस्ति कैलालीको टिकापुरमा बसेको केन्द्रीय कमिटीको निर्णयअनुसार सुदूरपश्चिम प्रदेश सरकार छाड्न भनेकी हुन् । निर्णय अवज्ञा गरेमा पार्टीको विधानअनुसार कारबाही गर्ने चेतावनी छ ।  ‘उप…