एक जोडी जुम्ल्याहा

मान्छेको जिन्दगी न हो, चल्छ त मज्जैले

सेतो हात्तीको भौगोलिक नाउँले चिनिने थाइल्याण्ड थाई खाना, बिरालो, मसाज, नाइट लाइफ, वेश्यालय, सुन्दर टापुहरू, भिक्षु र बौद्ध मन्दिर, नदी र नहरमा तैरिने नौका बजार आदि इत्यादिका लागि पनि उत्तिकै प्रसिद्ध छ । एक समय एक जोडी जुम्ल्याहाकै कारण पनि चर्चित बनेको हो । ती हुन् – चाङ र इङ । चाङ र इङ साधारण जुम्ल्याहा थिएनन्, शरीर एकापसमा जोडिएको थियो । छाती एकापसमा जोडिएकाले दुई ज्यान, एक शरीर थियो । अरु सबै शरीरका अंग बेग्लाबेग्लै, तर कलेजो भने एउटा मात्र । अर्थात् दुइटा शरी…