ईलाका प्रहरी कार्यालय
१० हजार प्रहरीमाथि कारबाही, फोटोदेखि भिडियो खिच्नेसम्म बाँकी नरहेको दाबी
ईलाका प्रहरी कार्यालय, मैनापोखर बर्दियामा कार्यरत प्रहरी नायव निरीक्षक पवन साउद मंगलबार घुससहित पक्राउ परे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जबाट खटिएको टोलीले असई साउदलाई ३० हजार घुससहित पक्रेको हो । लागूऔषधसम्बन्धी मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने प्रयोजनका लागि उनले सेवाग्राहीसँग उक्त रकम अर्थात् घुस लिएको आयोगको दाबी छ । असई साउदमाथि आवश्यक अनुसन्धान भइरहेको छ । यसअघि अपराधीलाई बेपत्ता पारेको आरोपमा दुई प्रहरी कर्मचारी हिरासतमा पुगेका थिए…