कम्बोडियाबाट आएका ५०२१ ‘प्रेम मास्क’

“के तपाईंलाई ती ८६ कम्बोडियन बच्चाहरू याद आउँछ, जो युन्नान फुवाई हृदय रोग अस्पतालमा जन्मजात हृदय रोगबाट निको पारिएका थिए। उनीहरूका परिवारले चीनमा “प्रेम मास्क” पठाए।” फेब्रुअरी ४ मा कम्बोडियन नागरिक समाज संगठन युनियन फोरमको योजना तथा परियोजना विभागका निर्देशक श्री शेमोनिल र स्वयंसेवकहरूले यिनै मास्कहरू चीनमा फिर्ता ल्याउन चिनियाँ मित्र ली पिंगलाई दिए।

शेमोनिलले भने, “चिनियाँ डाक्टरहरू”लाई बालबालिकाका परिवारले “उद्धारकर्ता” को रूपमा हेरेका छन्। जब उनीहरूले भर्खरै चीनमा नोभेल कोरोनाभाइरस निमोनियाको प्रकोप थाहा पाए, उनीहरू चिनियाँ डाक्टरहरूलाई सकेसम्म सहयोग दिन चाहन्छन्।

जनवरी २५ मा शेरोनिलले १० दिने ‘कम्बोडिया-चीन प्रेमको यात्रा, चिकित्सक मास्क अनुदान कार्यक्रम’ कुनमिङ युन्डी व्यवहार तथा स्वास्थ्य अनुसन्धान केन्द्रको कम्बोडिया कार्यालयमा सुरु गर्‍यो।

फेब्रुअरी ३ को बिहान, १३ वर्षिय डु तुङ र उनको परिवारले १०० मास्कको २ बक्सहरू पठाए। डु तुङको परिवारको आर्थिक स्रोत मुख्यतया आमाको आंशिक काममा निर्भर गर्दछ। अब महामारीबाट प्रभावित भएर मास्कको मूल्य बढेको छ। यो परिवारलाई २ बक्सको मास्क चन्दा दिन सजिलो छैन, तर चिनियाँ चिकित्सकहरूलाई सहायता दिन पाउँदा उनीहरू खुसी छन्।

फेब्रुअरी ३ को दिउँसो, १० वर्षे बाङ सोजिंगता र तिनकी आमाले ७ घण्टाको रेलयात्रा गरेर सफा प्लास्टिक झोलाको थैलोमा लपेटिएका मास्क ल्याए। उनले भनिन्, “चिनियाँ डाक्टरले मेरो बच्चा र परिवारलाई बचाएको हो। हुनत हामीसँग सीमित क्षमता छ, र पनि यी मास्कहरूले चिनियाँ डाक्टरहरूलाई महामारी संकटबाट जोगिन मद्दत दिने मलाई आशा छ।”

यिनै ५००१ डिस्पोजेबल मेडिकल मास्क र २० वटा ३ एम मास्क कम्बोडियाका ८ प्रान्तबाट आएका हुन्, जसमा मादवाङ, सिएनरी, गण्डन, चाजियाओ, ओटोमेंगकी, रत्ननकिरी आदि प्रान्तहरू समावेश छन्।” शेमोनिलले भावनात्मक रूपमा भने, “कम्बोडियन र चिनियाँ एक परिवार हो। महामारीलाई रोक्न हामी साथमा छौँ !”

(सेन यान)

टिप्पणीहरू