युन्नान र हुबेइ महामारीको विरुद्ध हात मिलेर लडौँ

नोभेल कोरोनाभाइरस निमोनियाको रोकथाम र उपचारमा हुबेइ प्रान्तलाई पूर्ण सहयोग पुर्‍याउन चीनको राष्ट्रिय स्वास्थ्य आयोगले देशभरिका उच्च गुणस्तरीय स्रोतहरू संकलन गरी वुहान बाहेक अन्तर प्रान्तीय समकक्ष महामारी उपचार प्रणाली स्थापना गर्न प्रयास गरेको छ। कार्यविधि अनुसार, युन्नान प्रान्तले हुबेइ प्रान्तको सियान्निङ सहरलाई समर्थन गर्दछ।
फेब्रुअरी १२ मा, युन्नान समकक्षहरूले आधिकारिक रूपमा सियान्निङलाई समर्थन गर्ने एक मेडिकल टोली प्रस्थान गर्‍यो, जसमा युन्नान प्रान्तभरका दर्जनौँ चिकित्सा संस्थाका ३५५ चिकित्सकहरू थिए। यस अघि युन्नानले जनवरी २७ मा १३८ चिकित्सकहरूसहितको पहिलो मेडिकल टोली सियान्निङ सहरलाई सहयोग पुर्‍याएका थिए। र फेब्रुअरी ४ मा १०२ नर्सको दोस्रो टोलीलाई वुहान हानजिआङ केबिन अस्पालमा पठाए। फेब्रुअरी १५ मा १०२ सदस्यहरू रहेका युन्नानको चौथो चिकित्सक टोली हुबेइका लागि प्रस्थान गरे। यी मेडिकल स्टाफहरूमध्ये कोहीले विगतको सार्ससँग लडेका थिए, र कोही वेन्चुआन भूकम्प उद्धार मेडिकल टिमका सदस्यहरू थिए। उनीहरूले दृढ विश्वासका साथ यस महामारीको रोकथाम र नियन्त्रणको कडा लडाइँ जित्ने वाचा गरेका छन्।
युन्नान प्रान्तीय पारम्परिक चिनियाँ चिकित्सा अस्पतालका प्रमुख नर्स याङ रुइली हाल सियान्निङ सहरको पहिलो पिपुल्स अस्पतालको संक्रामक रोग विभागमा कार्यरत् छिन्। फेब्रुअरी १ तारिख याङ रुइलीको विहेबारीको ठुलो खुशीको दिन थियो। तर सियान्निङलाई सहयोग पुर्‍याउन उनले ढिलाइ नगरी अनुरोध पत्र लेखिन् र विवाह समारोह स्थगित गरिन्। दुलहाले उनलाई भने, “म घरमा छु र तिमी कुशलसँग फर्केर आउने प्रतीक्षामा छु। तिमी फर्कने बित्तिकै हामी पहिलो समयमै विवाह प्रमाणपत्र लिन जाऔँ। ”
कुनमिङ मेडिकल युनिभर्सिटीअन्तर्गत दोस्रो सम्बद्ध अस्पतालकी नर्स ल्यू क्विङको जन्मदिन सियान्निङमा बित्नुपर्‍यो। यो केक र फूलबिनाको जन्मदिन थियो, तर अविस्मरणीय थियो। त्यस दिन क्रस संक्रमणबाट बच्न उनले दृढतापूर्वक धेरै वर्षसम्म पालेको लामो कपाल काटिदिइन्। उनले भनिन्, नोभेल कोरोनाभाइरस निमोनियालाई सकेसम्म छिटो जित्न सकियोस् र धेरै बिरामीहरूलाई चाँडै निको होस् भन्ने उनको जन्मदिनको इच्छा थियो।
“देशलाई आवश्यक पर्ने समयमा हामी पछि हट्दैनौँ। हामी मेहनत गर्छौँ, यो बच्चाहरूको राम्रो भविष्यका लागि कडा परिश्रम पनि हो।” कुनमिङ मेडिकल युनिभर्सिटीको दोस्रो सम्बद्ध अस्पतालका थोरासिक सर्जन छाइ युयिन स्वेच्छाले युन्नानको तेस्रो मेडिकल टोलीको सदस्य हुन अनुरोध गरिन्। फेब्रुअरी १२ को बिहान सबेरै छाइ युयिनका श्रीमान् ली हङले आफ्नी श्रीमतीलाई बिदा दिन आए र लीका बुवा पनि आफ्नी बुहारीलाई पठाउन आए। उनले भने, “सेवानिवृत्ति हुनु अघि म डाक्टर पनि थिएँ। चिकित्साकर्मीको रूपमा हाम्रो सम्पूर्ण परिवारले उनलाई समर्थन गर्छौँ र उनीदेखि गर्व गर्छौँ !” (यस पत्रिकाबाट संश्लेषित)

टिप्पणीहरू