महामारी विरुद्धको बाटोमा चीनको अर्थव्यवस्था रोकिँदैन

महामारीको सामना गर्नुपर्दा चीनको अर्थव्यवस्थाको प्रदर्शनले धेरै व्यक्तिको हृदयलाई असर गरेको छ।

चीनमा जहाँ पनि मोबाइल इन्टरनेटको उच्च विकास भएको छ। “अनलाइन बैठक” र “अनलाइन कार्यालय” धेरै इकाइहरूले काम र उत्पादन पुन: सुरु गर्ने पहिलो विकल्प भइरहेका छन्। भर्खरै अलिबाबा समूहअन्तर्गत स्मार्ट मोबाइल अफिस प्लेटफर्म — अलि डिंगडिंगद्वारा जारी भएको तथ्याङ्कहरू तातो खोज सूचीमा रहेको छ:- वसन्त महोत्सवपछि केही दिनमा २ लाख भन्दा बढी कम्पनीहरूले अनलाइ स्वास्थ्य सूचनाको प्रबन्धन गरे, लगभग १० करोड प्रयोगकर्ता हरेक दिन अलि डिंगडिंगको स्वास्थ्य एपीपीमार्फत आफ्नो स्वास्थ्यको सन्देश पठाउँछन्, अनि करिब २० करोड प्रयोगकर्ता यस प्लेटफर्ममा कार्य गर्छन् र भिडियो सम्मेलन संचालन गर्छन्। हुन त घरमा बसेर बाहिर ननिस्कने भएपनि दैनिक जीवनको माग घटेको छैन र मुख्यतया अनलाइ सेवामा आधारित “गृह अर्थशास्त्र” द्रुत रूपमा बढेको छ। ती मध्ये अनलाइन शपिंग, अनलाइ शिक्षा, अनलाई मेडिकल हेरचाह आदिका लागि जनताको आवश्यकता उल्लेखनीय वृद्धि भएको छ।

“५ जी र औद्योगिक इन्टरनेट टेक्नोलोजीको परिपक्वता र प्रयोगले कारखानाको उत्पादन तत्वलाई फराकिलो र गहिरो पार्ने अनलाइन ढाँचालाई सम्भव तुल्याएको छ। यसका साथै, अनलाइ डाटाको संचयले उपकरणको अनुकूलन, आपूर्ति शृङ्खलाको अनुकूलन आदि ठुलो डाटा र एआईमा आधारित बौद्धिकीकरणलाई जग बसालेको छ।” गेचुआङ डोङची टेक्नोलोजी कं, लिमिटेडका सीईओ ह जुनले भने।

विगत केही दिनदेखि चीनको केन्द्रीय सरकारदेखि स्थानीय तहसम्म सान्दर्भिक विभागहरूले अर्थ, वित्त, सामाजिक सुरक्षा सेवा, कर, शुल्क र भाडा आदि धेरै क्षेत्रमा लक्षित समर्थन उपायहरूको शृङ्खला प्रस्तुत गरेका छन्। सम्बन्धित विज्ञहरूले विश्लेषण गरेका छन् कि यी उपायहरू साना र मझौला आकारका उद्यमहरूलाई कठिनाइ हटाउन मद्दत पुर्‍याउने मात्र होइन, प्रासंगिक उद्यमहरूलाई बुद्धिमान, सूचना प्रौद्योगिकी र डिजिटल निर्माणका गति, रूपान्तरण र अपग्रेड गर्ने प्रतिस्पर्धात्मक शक्ति सुदृढीकरणमा पनि सहयोग पुर्‍याउनेछ।

विश्लेषकहरू चीनको आर्थिक संरचना अब अधिक अनुकूलित छ भन्ने विश्वास गर्छन्। यसको जोखिम प्रतिरोध गर्ने क्षमता अझ बलियो छ, र यसले ठुलो लचिलोपन पनि देखाउँछ। महामारीको क्रमिक नियन्त्रणका साथै चीनको स्थिर आर्थिक संचालन अझ स्पष्ट हुनेछ।

(पिपुल्स डेलीबाट सम्पादित)

टिप्पणीहरू