जय चीन ! जय युन्नान !

नोभेल कोरोनाभाइरस निमोनियाको प्रकोप भएदेखि विश्वभरका साथीहरू चीन र युन्नान प्रान्तका लागि ख्याल र समर्थन व्यक्त गरेका छन्।

नेपाल-चीन मिडिया फोरमका अध्यक्ष कोशो श्रेष्ठले भने, चिनियाँ सरकारले देशभरका जनशक्ति जुटाएर जीवन सामग्रीको आपूर्ति र स्वास्थ्य सेवालाई सुदृढ पार्नका लागि तुरुन्तै कदम चालेको छ र पहिलो टाइममा जनतालाई आधिकारिक सन्देश पुर्‍याउने काम गरेको छ। चीनले महामारीविरुद्धको युद्ध जित्ने मेरो विश्वास छ। श्रेष्ठले थप व्यक्त गरे, नेपाल-चीनको व्यापारिक सहयोग, एकाडेमिक विनिमय, कर्मचारीको आवतजावत र पर्यटन आदानप्रदान एकदम घनिष्ट छ। चिनियाँ जनताको घनिष्ठ साझेदारका रूपमा नेपाली जनता समसामयिक कठिनाइहरू सामना गर्न चिनियाँ जनताका साथमा छन्।

म्यानमारको स्वास्थ्य तथा खेलकुद मन्त्रालयअन्तर्गत जनस्वास्थ्य विभागको रोग नियन्त्रण विभागका उपनिर्देशक डा. खिन खिन ग्यिले भने, चिनियाँ सरकार प्रकोपको प्रतिरोध क्रममा विश्वव्यापी जनस्वास्थ्य सुरक्षाका लागि सधैँ खुला, पारदर्शी र जिम्मेवार दृष्टिकोण राखेको छ। यस दृष्टिकोणलाई विश्व स्वास्थ्य संगठनले उच्च मान्यता दिएको छ। डा. ग्यिले चीनको अथक प्रयासको गहिरो प्रशंसा गर्दै नोभल कोरोना भाइरसबाट लागेको निमोनियालाई जतिसक्दो चाँडो उत्तम उपचार गर्ने उपाय पाउने आशा व्यक्त गरिन्।

‘कम्बोडियन लाइट’ पत्रिकाका प्रमुख सम्पादक टेभ साराक्मोनीको विचारमा, कम्बोडिया र चीन एउटै परिवार जस्तै हो। “म हरेक दिन महामारीको अवस्थामा विशेष ध्यान दिन्छु, विशेष गरी युन्नान प्रान्तको अवस्थामा। युन्नान प्रान्तमा केही बिरामीहरूलाई सफलतापूर्वक निको पारेको खबर पाउँदा म अत्यन्त खुशी छु।” टेभ साराक्मोनीले भने, कम्बोडिया र युन्नानबीचको चिकित्सा र स्वास्थ्य सेवा सहयोगको सफल मामलालाई कम्बोडियन जनताले व्यापाक मान्यता दिएका छन्। उनी युन्नानको मेडिकल टेक्नोलोजीमा मात्र होइन युन्नानका डाक्टरहरुमा झन् विश्वास गर्छन्। “चीनले चाँडै नै महामारीलाई जित्न सक्नेछ, र हामी चीनसँग कठिनाइहरूको सामना गर्नेछौँ।”

(यस पत्रिकाबाट संश्लेषित)

टिप्पणीहरू