युन्नानमा कोरोनाभाइरस प्रकोपविरुद्ध लडाइँ

 नोभेल कोरोनाभाइरस निमोनियाको प्रकोप भएदेखि युन्नान प्रान्तले महामारीको विरुद्ध लड्न विभिन्न उपायहरू चालिसकेको छ।

चिकित्सा उपायहरू सुदृढ पार्ने
जनवरी २४ देखि युन्नानले एयरपोर्ट, रेल स्टेशन, उच्चगति राजमार्गका प्रान्तीय सिमावर्ती सेवा क्षेत्र, टोल स्टेशन र प्रान्तमा राष्ट्रिय एवं प्रान्तीय सडकमा प्रवेश गर्ने ठाउँहरूमा आगमन व्यक्तिलाई तापमान नाप्न सुरु गरेको छ। सहरका हरेक समुदायले व्यापक रोकथाम र नियन्त्रण उपायहरू अपनाएर बाहिरबाट आउने र गृहघर फर्कनेहरूलाई तुरुन्तै भेट गर्छन्, र संदिग्ध बिरामीहरू समयमै पत्ता लगाएर निर्धारित स्थानमा पठाउँछन्, एकीकृत क्वारेन्टाइन क्षेत्र र तोकिएका अस्पतालहरूमा स्थानान्तरण गरी अलग्गै उपचार गर्छन्। युन्नान प्रान्तमा कुल २०० ज्वरो क्लिनिकहरू स्थापना गरिएका छन्। शंकास्पद संक्रमितहरू समयमै एक्लोसेसन र अवलोकनका लागि अस्पतालमा भर्ना गरी २४ घण्टाभित्र न्युक्लिक एसिड परीक्षण पूरा गरेर बिरामीलाई चाँडै निदान गर्छन्।

युन्नान प्रान्तीय चिकित्सा सुरक्षा ब्युरोले फेब्रुअरी ६ मा मोबाइल फोन, वेबसाइटहरू, वीच्याट सार्वजनिक खाता आदि भेट नगर्ने तरिकामार्फत मानिसको भीडले संक्रमणको जोखिम कम गर्नका लागि चिकित्सा बिमा सेवा संचालन गर्ने कदम चालेको छ। नोभेल कोरोनाभाइरस निमोनिया लागेका बिरामीहरूको चिकित्सा बीमाका लागि युन्नानले हरित च्यानल खोलेको छ।

युन्नान प्रान्तका मेडिकल उद्यमहरूले जनवरी २८ देखि उत्पादन पूर्ण रूपमा पुनस् सुरु गरिसकेका छन्। महामारी रोकथाम उपकरणको उत्पादन गर्न सक्ने अन्य उद्यमहरूले पनि महामारी रोक्न ग्यारेन्टी प्रदान गर्नका लागि उत्पादन दिशा परिवर्तन गरेका छन्।

स्थिर जीवनको ग्यारन्टी
कुनमिङको दा गुआनचुआन नयाँ कृषि बजारमा प्रवेश गर्दा किसिम किसिमका मासु, फलफूल, सागसब्जी र पकाएको खना चिटिक्क परेर राखिएका देखिन्छन्। स्थानीय नागरिकहरू आफूलाई चाहिएको चीज छानेर लिन्छन्। महामारीको प्रकोप भएपछि युन्नानले जनताको जीवन आपूर्ति पर्याप्त मात्रामा पूरा गर्न र मूल्य मूलतस् स्थिर पार्न सुनिश्चित गरेको छ।

युन्नान प्रान्तको वाणिज्य विभागले प्रान्तको दैनिक आवश्यकता बजारमा दैनिक अनुगमन प्रणाली सुरु गरेको छ। यदि बजारमा असामान्य उतार चढाव पत्ता लागेपछि आपतकालिन योजना समयमै सुरु गरिने छ। स्टोर र सुपरमार्केटमा भण्डारण क्षमतालाई अग्रिम वृद्धि गर्ने, बढी माध्यमबाट आपूर्ति स्रोत फराकिलो पार्ने, मालसामान समृद्ध बनाउन समयमै भर्ने काम पनि तयार गरेको छ। वालमार्ट, क्यारेफोर, हेमा ताजा, मेइटुआन र अन्य प्लेटफार्महरू र प्रमुख रेष्टुराँ कम्पनीहरूले आपूर्ति सुनिश्चित गर्न अनलाइन अर्डर र अपलाइन ‘सम्पर्कविहीन वितरण’ सेवाहरू खोलेका छन्।

स्थानीय बासिन्दाहरूलाई शुल्क बुझाउन सजिलो बनाउनका लागि सरकारी विभागले अनलाइ सेवाहरू खोलेका छन् र सेवाका समय अवधि पनि बढाएका छन्।

युन्नानमा विदेशीहरूको आवश्यकतालाई ध्यानमा राख्दै युन्नान प्रान्तीय सरकारको विदेश मामिला कार्यालयले युन्नानमा इन्टरनेट र वीच्याट सार्वजनिक खाता प्लेटफर्म मार्फत दिनमा चिनियाँ, अंग्रेजी, भियतनामी, लाओसी, बर्मेली, कम्बोडियाली र थाई भाषाहरूबाट विदेशीहरूलाई महामारीको स्थिति र महत्वपूर्ण सूचना रिपोर्ट गर्दछ।

युन्नानमा रोकिएका पर्यटकहरूलाई पुनस् स्थापना
‘म पहिलो पटक पुअरमा आएको हुँ। यहाँको मौसम एकदम न्यानो छ, र सबभन्दा न्यानो भनेको जनताको हृदय हो। मेरो सम्पूर्ण परिवारको तर्फबाट म पुअरका मानिसलाई धन्यवाद दिन्छु।’ युन्नानको पुअर सहरको सिफेङ होटलमा राखिएको वुहान टुरिस्ट सुश्री लियूले होटलका कर्मचारीप्रति यस्तो आभार व्यक्त गरिन्।

नोभेल कोरोनाभाइरस निमोनिया महामारीको प्रकोपपछि, चीनको प्रमुख पर्यटन प्रान्त युन्नानले पर्यटकहरूका लागि आपतकालिन संरक्षण योजना सुरु गरेको छ र युन्नानमा रोकिएका पर्यटकहरूलाई पुनस् स्थापना गर्न हर प्रयास गरेको छ। युन्नान प्रान्तका सबै १६ सहरहरूले अस्थायी रूपमा घर फर्कन नसक्ने पर्यटकहरूका लागि आवासगृह, खाना, चिकित्सा सुरक्षा उपलब्ध गराउन नामित अस्पतालहरू तोकेका छन्। वसन्त महोत्सवको बिदाको अन्तमा युन्नानमा लगभग २० हजार पर्यटकहरू पुनस् बसोबास गरिसकेका छन्।

त्यसबाहेक, एउटै मोबालइ फोनद्वारा युन्नानको भ्रमणु प्लेटफर्मले पर्यटकहरूलाई विस्तृत सूचना समीक्षा सेवा प्रदान गरेको छ, जसबाट युन्नानमा पर्यटकको पुनर्वास परामर्श टेलिफोन, पुनर्वास होटल, ज्वरो क्लिनिक नामसूची र महामारीको वास्तविक डाटा जस्ता सन्देशहरू जानकारी गर्न सकिन्छ। (यस पत्रिकाबाट संश्लेषित)

टिप्पणीहरू