चुरोटको ठुटो उठाउने जिम्मा कागलाई

चुरोटको ठुटो उठाउने जिम्मा कागलाई

युरोपेली मुलुक स्वीडेनले सडकमा फालिएका चुरोटका ठुटा उठाउन अनौठो उपाय अपनाएको छ । सडकमा फालिएका चुरोटको ठुटाबाट आजित भएको स्वीडेनले ठुटा उठाउन कागलाई नियुक्ति गरेको हो ।

चुरोटको ठुटो उठाएबापत कागलाई अलिकति खानेकुरा दिने गरिएको छ । करभिड क्लिनिङ कम्पनीका संस्थापक क्रिस्टियन गन्थरका अनुसार यो योजनाले सडक सफा गर्नको लागि निकै सघाउ पुगेको छ । उनले भने, ‘यसमा कागहरु निकै नै खुसी भएर सहभागी हुने गरेका छन् ।’ साथै, काग धेरै बुद्धिमान भएकाले चरणबद्ध विधि अपनाएर छिटो तालिम दिन सकिने उनको भनाइ छ ।

‘किप क्लिन स्वीडेन फाउन्डेसन’ का अनुसार त्यहाँका सडकमा हरेक वर्ष १ अर्बभन्दा बढी चुरोटका ठुटा फालिएका हुन्छन् । यो भनेको कूल फोहोरको ६२ प्रतिशत हो । फोहोर उठाउनकै सो क्षेत्रमा १६ लाख पाउण्डसम्म खर्च गर्ने गरिएको छ । तर, कागलाई चुरोटको ठुटो उठाउन तालिम दिएपछि स्वीडेन सरकारको धेरै खर्च जोगिएको छ ।

आजको दिनमा चुरोटको ठूटो उठाउँदाको खर्च प्रति चुरोट ८० स्विडीस ओर पर्दछ । तर कागले त्यसरी फोहोर टिप्दा यसमा केबल २० ओर मात्र लाग्छ । यसमा कागले जति धेरै चुरोटका ठुटा टिप्छ त्यहाँको सरकारलाई त्यति नै फाइदा हुन्छ ।

टिप्पणीहरू