नयाँ वर्षका लागि ‘अन्तर्राष्ट्रिय’ सामान खरीद गर्न मनपर्दो

नयाँ वर्षका लागि ‘अन्तर्राष्ट्रिय’ सामान खरीद गर्न मनपर्दो

चिनियाँ रातो रङ, प्यारा मूसो वर्षको शुभ चिह्न, मान्छेको भीडभाड… जनवरी ७ देखि २२ सम्म १४ औँ चाइना कुनमिङ नयाँ वर्ष सपिङ एक्स्पो कुनमिङ अन्तर्राष्ट्रिय सम्मेलन र प्रदर्शनी केन्द्रमा आयोजित गरिएको थियो ।

नयाँ वर्षको सामानहरु किन्नु चिनियाँ नयाँ वर्षका लागि महत्वपूर्ण चलन हो । मानिसको जीवन स्तरको सुधारका साथै सबैलाई नयाँ वर्षका सामानहरुको आवश्याकता पनि विभिन्न छ ।

यस वर्षको कुनमिङ नयाँ वर्ष किनमेल एक्सपोमा चीनभरिका प्रसिद्ध र उत्कृष्ट खाद्यवस्तु र दैनिक चीजहरु मात्र होइन, २० भन्दा बढी देशहरु र क्षेत्रहरुबाट करिब एक हजार आयातित वस्तुहरु पनि पाइन्छन् । थाईल्याण्ड, बर्मा, लाओसका उच्च गुणस्तरको बासमती चामल, सुख्खा फल र सुकेका मसलाहरुस अमेरिका, क्यानाडा, अष्ट्रेलियाका नट, चरी र पाकिस्तान, भारत, बंगलादेश, नेपाल, श्रीलंका र अन्य देशका उत्कृष्ट शिल्पवस्तुहरु र विशेष खाद्यान्न उपभोक्ताका ‘नयाँ मनपर्दो चीज’ बनेका छन् । (चा चीफू याङ चङ)

चिनियाँबाट नेपालीमा अनुवाद ः ह ठाव रूङ

टिप्पणीहरू