युन्नानमा जैविक विविधताको सौन्दर्य अनुभव गरौँ

‘मलाई आशा छ कि यस सम्मेलनको आयोजनाले सबैले चीन र युन्नानमा जैविक विविधताको सुन्दरता देख्न सक्छन् ।’ संयुक्त राष्ट्र संघ ‘जैविक विविधता सन्धि’ १५ औँ सम्मेलन (सीओपी १५) यस वर्षको अक्टोबरमा युन्नानको कुनमिङमा आयोजना हुनेछ । जनवरी १० मा संयुक्त राष्ट्र संघको जैविक विविधता सम्मेलनको कार्यवाहक कार्यकारी सचिव एलिजाबेथ मुरेमाले कुनमिङमा मिडिया सम्मेलन आयोजना गर्नुभयो र सम्बन्धित विषयहरुमा पत्रकारहरुले अन्तर्वार्ता लिएका थिए ।

मुरेमाले भनिन्, २०२० वर्षलाई ‘जैविक विविधताको सुपर वर्ष’ भनिन्छ र यो विश्वव्यापी जैविक विविधताको संरक्षणका लागि ठूलो महत्वको वर्ष हो । चीनमा सीओपी १५ को आयोजनाले जैविक विविधता संरक्षणमा चीनको उपलब्धिहरुको अन्तर्राष्ट्रिय समुदायको मान्यता झल्काउँछ । जैविक विविधता संरक्षण र पर्यावरणीय सभ्यताको निर्माणमा चीन जहिले पनि अनुभवहरु साझा गर्न र एक अर्काबाट सिक्न इच्छुक रहेको छ । यसबाट निःसन्देह विश्वव्यापी जैविक विविधता संरक्षणको विकासलाई बढावा दिन सहयोग पु¥याउँछ । सीओपी १५ सम्मेलनले यस्तो आपसी शिक्षाको लागि नयाँ अवसर प्रदान गर्दछ ।

अन्तर्वार्ताको क्रममा मुरेमाले पत्रकारहरुसँग युन्नानको जैविक विविधताबारे उनको बुझाइ र प्रेमको साझेदारी गरिन् । उनले भनिन्, युन्नान चीन र विश्व समेतमा जैविक विविधताको मुख्य क्षेत्रमध्ये एक हो । यो आशा गरिएको छ कि सीओपी १५ को आयोजनाको माध्यमबाट विश्वभरका मित्रहरु युन्नानको पर्यावरणीय सभ्यताको विकास र निर्माणका लागि युन्नानको विशिष्ट कार्यको साक्षी दिन, जैविक विविधताले युन्नानका जनतालाई खुशीको अनुभूति ल्याउन र विश्व्यापी जैविक विविधताको संरक्षणमा नयाँ सोचाइ प्रदान गर्न सक्छन् । उनले भनिन्, चिनियाँ सरकार, विशेष गरी युन्नान प्रान्तीय सरकार र कुनमिङ नगरपालिका सरकारले नयाँ जैविक विविधता संरक्षण ढाँचामा पुग्ने प्रक्रियामा अग्रणी भूमिका खेल्ने र सीओपी १५ सकिएपछि कुनमिङले विश्वमा जैविक विविधता संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने आशा छ ।

मुरेमाले थप कुरा गरिन्, युन्नान जैविक विविधताको प्रतिनिधि मात्र होइन, सांस्कृतिक विविधताको नमूना पनि हो । युन्नानले सीओपी १५ सम्मेलनको प्लेटफर्मबाट विश्वलाई युन्नान र चिनियाँ संस्कृतिको विविधता देखाउने र सांस्कृतिक साझेदारीको प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । (ल्यु जियु हान चेङयुआन)

टिप्पणीहरू