२४ वर्षीय महिलाले जन्माइन एकैपटक चार शिशु

२४ वर्षीय महिलाले जन्माइन एकैपटक चार शिशु

रुपन्देहीमा २४ वर्षीय एक महिलाले एकै पटक ४ वटा शिशुलाई जन्म दिएकी छन् । पाल्पाकी सीता सार्कीले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा चम्ल्याहा शिशु जन्माएकी हुन् ।

पाल्पाको माथागढी गाउँपालिका-१ चिदीपानीकी सिताले हिजो दिउँसो २ बजे ४ छोरीलाई जन्म दिएको अस्पतालका जनसम्पर्क अधिकृत सुशिल गुरुङले जानकारी दिनुभयो । जन्मिएका शिशुमध्ये पहिलोको तौल ११ सय ग्राम, दोस्रोको ११ सय १५ ग्राम, तेस्रोको १ हजार ६० ग्राम र चौथोको ११ सय ३० ग्राम रहेको पनि गुरुङले बताउनुभयो ।

अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. तारा केसीको नेतृत्वको टोलीले शल्यक्रिया मार्फत सुत्केरी गराएको थियो । हाल सिता सामान्य वार्डमा र तौल कम भएका कारण संक्रमणबाट जोगाउन शिशुहरूलाई एनआईसीयूमा राखिएको छ ।

टिप्पणीहरू