नाकमा मकै अड्केर ज्यान जान्छ कसैको ?

नाकमा मकै अड्केर ज्यान जान्छ कसैको ?

सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पताल कालागाउँमा नाकमा मकैको दाना अड्केर उपचार गर्न जानु नै ती बालिकाको निम्ति अभिषाप बन्न पुग्यो । उनी त्यतैबाट अस्ताइन्,घर फर्कनु त झन टाढाको कुरा भयो ।

चार दिनअघि उपचारार्थ गएकी दैलेखको नारायण नगरपालिकाकी साढे दुई वर्षीय बालिका कुसुम कटुवालको हिजो राती एक्कासी ज्यान गएपछि आमाको अवस्था बिजोग छ ।

आमा पूजाले स्वास्थ्यमा खासै समस्या नभएकी छोरीको डाक्टरको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाउनु भएको छ । ‘डाक्टरले अरु केहि पनि समस्या छैन,बेहोस गराएर मकै निकाल्दिन्छौं भनेर लग्नु भयो । २,३ घण्टापछि नाकभित्र केहि पनि छैन रहेछ भन्दै औषधि ल्याउन लगाउनु भयो र १० बजे फेरि बच्चाको निधन भयो भन्नुभयो ।’

उहाँले बच्चाको निधनपछि डाक्टरले उनी पहिलेदेखि नै बिरामी रहेको भनी झुटो कुरा गरेको बताउँदै यदि बच्चा पहिलेदेखि बिरामी भएको भए २ वर्षसम्म लक्षणहरु देखिनु पर्ने गुनासो गर्नुभयो।

यता अस्पतालका प्रवक्ता डा. विकास केसीले भने यसबारे पूरै कुरा नबुझी केहि भन्न नसकिने बताउनु भयो । बालिकाकी आमाले दैलेख जिल्ला अस्पतालले बालिकाको ज्यानै जाने अवस्था नभएको भन्दै दुरबिनबाट हेर्नुपर्ने भएका कारण प्रदेश अस्पताल रिफर गरेको उल्लेख गर्नुभएको छ ।

टिप्पणीहरू