जुम्लाबाहेक कर्णालीका सबै जिल्लामा बिदा
फाइल फाेटाे
कर्णाली प्रदेश सरकारले असार १५ गते सार्वजनिक बिदा घोषणा गरेको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जुम्लाबाहेक ९ वटा जिल्लामा राष्ट्रिय धान दिवसको अवसरमा सार्वजनिक बिदा दिएको जनाएको छ ।
ती जिल्लामा सो दिन सरकारी तथा सार्वजनिक संघसंस्था बन्द रहने छ । ‘मिति २०८२ असार १५ गते आइतबार राष्ट्रिय धान दिवसको अवसरमा कर्णाली प्रदेशका जुम्ला जिल्लाबाहेक ९ जिल्लामा मात्र सरकारी तथा सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिने...’, आज प्रकाशित सूचनामा उल्लेख छ ।
मुलुकभर असार १५ गते राष्ट्रिय धान दिवस मनाउने चलान भएपनि जुम्लामा चैत १२ देखि २० गतेसम्म धान दिवस मनाइन्छ । त्यसैले त्यहाँ बिदा नदिइएको हो ।
टिप्पणीहरू