स्कुलमै चुरोटको सर्को

प्रायः छात्रछात्रा पढ्न मन नलागेपछि पानी खाने वा पिसाब फेर्ने बहाना बनाएर कक्षाबाट बाहिरिने गर्छन् । यसो गर्दा ‘फ्रेस’ महसुस गर्छन् । तर, ब्रिटेनको क्याम्ब्रिजशायरको पिरबोर्खस्थित हनिहिल स्कुलले एउटा नयाँ नियम बनाएको छ, दिनमा दुईपटक चुरोट सल्काउन पाउने । १०/१० मिनेटको ब्रेकमा विद्यार्थीले खुलेआम चुरोट तान्न सक्छन् । प्रधानाध्यापिका नयाँ नियमले विद्यार्थीको ‘मुड’ तन्दुरुस्त बनाउने दाबी गर्छिन् । यद्यपि अन्य स्कुलले विरोधको आवाज उठाउन शुरु गरिसकेका छन् ।

टिप्पणीहरू