सल्यानमा भारतीय मोटरसाइकलको सिटमुनि कटुवा पेस्तोल र गोली

सल्यानमा भारतीय मोटरसाइकलको सिटमुनि कटुवा पेस्तोल र गोली

सल्यानमा कटुवा पेस्तोल र गोली बोकेर हिँडेका एक जना पक्राउ परेका छन् । बनगार कुपिण्डे नगरपालिका–१ माथिल्लो बजारबाट १ थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने २ वटा गोली बोेकेर हिँडेका उनलाई आज बिहान पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा जाजरकोट नलगाड नगरपालिका–४ बस्ने २८ वर्षीय गणेश रावल हुन् । नेपालगञ्जबाट जाजरकोटतर्फ जाँदै गरेको सिएच ०१ बीपी २१९४ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार रावललाई उक्त हतियारसहित पक्राउ गरिएको बताइन्छ ।

सल्लीस्थित चेक प्वाईन्टमा इलाका प्रहरी कार्यालय देवस्थलबाट खटिएको प्रहरी टोलीले रोक्न खोज्दा नरोकी भागेपछि प्रहरीले माथिल्लो बजारमा उनलाई समातेको हो । रावलले मोटरसाइकलको सिटमुनि उक्त कटुवा पेस्तोल र गोली लुकाएका थिए ।

थानकोटबाट दिनहुँ लागुऔषध भित्रिएको आशंका

भारतसँग सीमाना जोडिएका तराईका विभिन्न जिल्लाबाट काठमाडौंमा लागुऔषध नियमति भित्रिएको आशंका गरिएको छ । दिनहुँजसो लागुऔषध ओसारपसारमा संलग्न पक्राउ पर्ने क्रममा आज पनि एक जना प्रहरीको फन्दामा परेका हुन् ।

नागढुङ्गाबाट प्रहरीले लागुऔषध ३० ट्याब्लेट नाईट्रोजनसहित आज बिहान एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरी ईश्वरपुर नगरपालिका–१ बस्ने २४ वर्षीय कृष्ण ठाकुर हुन् ।

काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.८ ख ८४९३ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा बसमा सवार ठाकुरलाई झोलाभित्र लुकाई ल्याएको उक्त लागुऔषधसहित प्रहरीले पक्रेको हो ।

टिप्पणीहरू