तब न सा’ब्नीको पाइन्छ तारिफ

सामान्यतया नेपाली सेनामा अधिकृतमा जागिर भएको १० वर्ष पूरा भएपछि उमेरहद ननाघुन्जेलसम्म वा सेवाबाट आएका अधिकृतको हकमा ३२ वर्ष उमेर पुगेपछि त्रिविअन्तर्गत स्ट्राटेजी स्टडी विषयको स्नातकोत्तर तहको जाँच हो, स्टाफ कलेज । जुन विषय नेपाली सेनाका अधिकृतको हकमा आगामी बढुवा तथा उज्ज्वल भविष्यका लागि अनिवार्य छ ।

यो शिक्षा हासिल गरेपछि फास्ट ट्र्याकअन्तर्गत आगामी प्रमोसनको बाटो खुला हुन्छ । स्वदेश तथा विदेशमा अनाश्रित गण, गुल्म कमाण्ड गर्न उक्त अधिकृतलाई सक्षम मानिन्छ र कमाण्ड दिइन्छ । आर्थिक रूपमा अति नै राम्रो मानिने संयुक्त राष्ट्र संघको अब्जरभर तथा स्टाफका लागि चाँडै बाटो खुला हुन्छ । राम्रो गरे विदेश तालिमका लागि सहभागी हुने अवसर मिल्छ । माथिल्लो तथा तल्लो दर्जाका अधिकृत, तल्लो दर्जाका पदिक, बि।ल्लादार तथा सिपाहीको नजरमा उत्कृष्ट ठहरिन्छ । साथीभाइ, छरछिमेकीमा मान–प्रतिष्ठा बढ्छ । आफ्नो परिवारमा मान बढ्छ । नेपाली सेनाले विश्वास गर्छ र महŒवपूर्ण कार्य दिन्छ । उच्च मनोबलको विकास हुन्छ । यो शिक्षा हासिल नगरेमा बढुवामा मा बाधा पर्छ । स्वदेश तथा विदेशमा गण, गुल्म कमाण्ड पाउन आकाशको तारा झर्नुपर्छ । आर्थिक रूपमा आफ्नो जुनियरभन्दा पछि परिन्छ । विदेश तालिम सपनामा सीमित हुन्छ । सबै दर्जाको अधिकृत, पदिक, बिल्लादार तथा सिपाहीले मान्छे गन्दैन । साथीभाइ, छरछिमेकीको नजरमा गिरिन्छ । आफ्नो परिवारले समेत मान्छे गन्दैन र कुनै पनि पार्टी वा महोत्सवमा सहभागी हुन गाह्रो हुन्छ । कारण स्टाफ कलेजको बहस हुन्छ र जसको श्रीमान्ले स्टाफ कलेज गरेको हुन्छ, उसकी श्रीमतीको गफ नै स्टाफ कलेजमा शुरु हुन्छ । नेपाली सेनाले गहन जिम्मेवारी दिन गाह्रो मान्छ । मनोबल घट्छ ।

या तालिमका लागि सबै शर्त पुगेका इच्छुक अधिकृतको नाम संकलन गरिन्छ । पुस तेस्रो हप्तामा प्रवेशिका परीक्षा लिइन्छ । माघ अन्त्यमा शिक्षार्थी जति जना भए पनि र जति नै उक्त जाँचमा पास भए पनि जम्मा ४२ जनालाई समावेश गरिन्छ । कारण हो, वासस्थानको अभाव । जाँच पास भएपछि उक्त अधिकृत स्टाफ कलेजमा पास भएको मानिन्छ । के यो विधि वैज्ञानिक छ त ? के यो विधिले नेपाली सेनाको हित हुन्छ त ? के यो विधिले मिड करियर बनाइरहेको सबै अधिकृतको भावना तथा कार्यदिशा निर्धारण गर्छ त ? विडम्बना त यस्तो छ, पास भएर पनि स्टाफ कलेजमा सहभागी हुन पाउँदैन र स्टाफ कलेज नगरेको अधिकृत आफ्नै नजरमा गिर्छ र राजीनामा दिने, घरमा झैझगडा हुने र उस्तै परे आत्महत्यासमेत गर्न बेर लगाउँदैन ।

गणपति तालिमद्वारा व्यवस्थापन गर्न कोसिस गरिए पनि उक्त कोसिसले समस्या समाधान हुन सक्दैन । कारण हाम्रो परिवार, छरछिमेक, साथीभाइ तथा सम्पूर्ण सेनामा स्टाफ कलेजले नराम्रो जरो गडिसकेको छ । कसरी तिनीहरूको व्यवस्थापन गर्न सकिन्छ ? त्यो विषयमा गम्भीर हुन आवश्यक छ । कारण आगामी दिनमा स्टाफ कलेज गरेका भन्दा नगरेका अधिकृतको संख्या विकराल हुनेछ ।

टिप्पणीहरू