कोही कोही आमाको मन कति कठोर !
मातृ वात्सल्यको घोर अपमान गर्दै एउटी निर्दयी आमाले नवजात शिशुलाई इनारमा छोडेर हिंडेकी छन् ।
सिरहा धनगढीमाइ नगरपालिका -७ कसहामा आज नवजात शिशुको बेवारिसे शव इनारमा फालिएको अवस्थामा भेटिएपछि यस्तो महसुस भएको हो ।
कसहा चोकदेखि करिब १५० मीटर दक्षिण भोगेन्द्र महतोको इनारमा शिशुको शव भेटिएको हो। शिशु जन्मेलगत्तै इनारमा फालेको आशंका गाउँले र प्रहरीले गरेका छन् । इनारमा शव गन्हाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि शिशुलाई इनारबाट निकालिएको थियो ।
घटना विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शिशुको शव पोस्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद शारडा स्मारिका अस्पताल लहानमा राखिएको छ ।
टिप्पणीहरू