धारा उल्लेख नगरी देउवा प्रधानमन्त्री नियुक्त
राष्ट्रपति कार्यालयले भर्खरै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको छ । तर सो कार्यालयद्वारा जारी विज्ञप्तीमा देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा संविधानको कुनै पनि धारा उल्लेख गरिएको छैन ।
सर्वाेच्च अदालतले सोमबार संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्त गर्नू वा गराउनु भन्ने परमादेश दिएको भए पनि राष्ट्रपति कार्यालयले संविधानको कुनै धारा उल्लेख नगरी देउवालाई प्रधानमन्त्री नियुक्त गरेको हो ।
भर्खरै जारी विज्ञप्तीमा भनिएको छ-संवैधानिक इजलासको मिति २०७८ असार २८ को फैसलाबमोजिम प्रतिनिधि सभाका सदस्य एवं नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गरिएको छ ।
टिप्पणीहरू